FAQs Complain Problems

भानु नगरपालिकाको संक्षिप्त परिचय

आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२/०६/०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको यस भानु नगरपालिका कार्यालयको विधिवत संचालन २०७२/०६/१५ गते शुक्रबार बाट भईआएकोमा मिति २०७३/११/२७ को नेपाल सरकारकोनिर्णय अनुसार स्थानीय तहको रुपमा पुर्नसंरचित यस भानु नगरपालिकामा साविकका भानु न.पा, वसन्तपुर गा.वि.स, मिर्लुङ गा.वि.स, रिस्ती गा.वि.स (वडा नं. ६), सतिस्वारा गा.वि.स (वडा नं. १ देखि ५), तनहुँसुर गा.वि.स (वडा नं. १ देखि ३), चोकचिसापानी गा.वि.स, रुपाकोट गा.वि.स र पुर्कोट गा.वि.स समावेश भएका छन् ।
साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ व.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ व. कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् ।

क्र.सं.    नयाँ वडा   समावेश गाविस / नगरपालिका   जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
भानु(५) ३,२३४ ५.५१
भानु(६,७) २,९७९ १२.०३
भानु(१,८) ३,६४३ ९.०७
भानु(२,३,४,९) ३,३१९ १८.०३
बरभञ्‍जयाङ्ग(१-५) ३,४०४ १९.१
बरभञ्‍जयाङ्ग(७,८,९), सतिस्वाँरा १, तनहुँसूर (१,२,३) ३,२६६ १६.३४
बसन्तपुर(१-९) ३,४१५ २०.५७
पुर्कोट(४,६-९) ३,६०५ ११.३९
पुर्कोट(१,२,३,५) ३,५८३ ७.६५
१० १० चोक चिसापानी(१-९) ३,८३५ १४.९
११ ११ रुपाकोट(१-९) ४,२६४ १६.९
१२ १२ मिर्लुङ्ग(१-६) ३,८७३ १६.३३
१३ १३ मिर्लुङ्ग (७,८,९), रिस्ती (६) र सतिस्वाँरा (२-५) ३,३७२ १६.४७